गीतकार डा. दामोदर रेग्मीको गीत सार्वजनिक

Nepal Cover
२ बैशाख २०८०, शनिबार
image

काठमाडौं। गीतकार तथा कुशल प्रशासक डा. दामोदर रेग्मीको शव्द आनन्द कार्कीको स्वर तथा किरण कडेलको संगीत रहेको एक अञ्जुली मायाको उपहार छरिदेउ बोलको गीत आजवाट सार्वजनिक भएको छ । गीत सार्वजनिक हुनासाथ टिकटक लगायत सामाजिक संजालमा हजारौ भ्यू शेयर र लाइक भैसकेको छ ।

रोमान्टिक शैलीको गीत भएपनि यसअघिका गीतमा कम प्रयोग भएका शव्दहरु गीतमा प्रयोग गरिएको र ती शव्दहरुमा गायक र संगीतकारले गहनता बुझि कर्णप्रिय गीत बनेको गीतकार डा. दामोदर रेग्मीले बताए ।

नेपालको प्रशासन व्यवस्थापन र वित्त क्षेत्रको वारेमा नियमित कलम चलाउदै आएका डा. दामोदर रेग्मीको शव्द चयन अति आकर्षक रहेको र यसमा संगीतकार किरण कडेलले मेहनतपूर्वक संगीत भरिदिएकोले गीत धेरै राम्रो बनेको कुरा गायक आनन्द कार्कीले फेसवुक लाइभ मार्फत बताएका छन् ।

संगीतकार किरण कडेलले डा. दामोदर रेग्मी जस्तो कुशल लेखकको शव्दमा र चर्चित गायक आनन्द कार्कीको लागि संगीत भर्न पाउनु एउटा राम्रो अवसर भएको वताए ।

नेपाल सरकारका सचिब डा‍‍ रेग्मी बहुप्रतिभाका धनी मात्रै हुनुहुन्न उहाँ सरल सहज अनि सर्वसाधारणको हितमा निरन्तर लागिरहेका प्रशासकका रूपमा परिचीत हुनुहुन्छ ।