बालुवाटारमा गोली चल्दा वर्षमान पुनकी आमा घाइते, गोली चलाउने प्रहरी समातियो !

  Sampatti News Online

April 15, 2023

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गोली लागेर नेता पुनकी आमा घाइते भएकी छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा गोली लागेको उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतले जनाएका छन् । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ । सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । नेता पुन भने उपचारका क्रममा चीनमा छन् ।

प्रकाशित मिति:April 15, 2023