मिटर ब्याजि बिरुद्ध अध्यक्ष नेपाल द्वारा आक्रोश व्यक्त

  Sampatti News Online

April 16, 2023

२०८० को क्यालेन्डर सार्वजनिक

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी रौतहट-काठमाडौँ सम्पर्क मञ्चद्वारा चोभारमा बृहत बनभोज तथा नव वर्षको अवसरमा शुभकामना तथा २०८० को क्यालेण्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आथित्यतामा सपन्न भएको थियो । प्रमुख अतिथि रहनुभएका माधवकुमार नेपाल ले नवबर्ष २०८० को शुभकामना दिदै मिटर ब्याज लिने लाइ कार्वाहि गर्नु पर्नेभन्दै आक्रोश पोख्दै त्यस्ता कार्यमा नलाग्न र पक्षपोषण नगर्न सम्पुर्ण कार्यकर्तालाइ आग्रह गर्नु भयो ।

सो कार्यक्रममा पार्टीका स्यायी कमिटी सदस्य एवम् पूर्व मन्त्री डा. बशिधर मिश्र, स्थायि कमिटी सदस्य कल्याणि खड्का , पाटी पोलिट्ब्युरो रामकुमार भट्टराइ, केन्दिय सदस्य एब जिल्ला इन्चाज सरला यादव, पार्टी अर्थ तथा योजना बिभागका उपप्रमुख तथा बरिष्ठ अर्थ बिद्व डा. चन्द्रमणि अधिकारी , सम्पर्क बिशेष प्रदेश कमिटीका उपाध्यक्ष एव कानुन बिभाग सदस्य नवराज तिमल्सिना, मधेश प्रदेश कमिटीका अध्यक्ष बेदनाथ कोइराला, जिल्ला कमिटी अध्यक्ष कमल यादव, मधेश प्रदेश स्दस्य एवं मधेस प्रदेश सासद कनिश पटेल , कानून बिभाग सदस्य गोपाल श्रेष्ठ, बिज्ञान तथा प्रविर्धि बिभाग सदस्य दीपक गुप्ता, सम्पर्क भौतिक पुर्बधार तथा यातायात बिभाग सदस्य ।

प्रताब खडका बिशेष प्रदेश कमिटीका सदस्य राजन उप्रेती, दलित मुक्ति संगठनका सचिव लिलबहादुर परियार, मधेश प्रदेश कमिटी सदस्य माधव रेग्मी, चिनकुमारी शिवाकोटी, इन्दिरा कोइराला संजय शाह मधेश प्रदेश कमिटी सदस्य हरिनारायण राय यादब , रौतहट जिल्ला कमिटी सदस्य तथा कार्यलय सचिब अनिल लाल दास रौतहट जिल्ला कमिटी सदस्य ।जयमङल प्रसाद यादब,क।देबेन्द्र पटेल, उच्च अदालत बार एसोसियसन का उपसचिव इन्दु कार्कि , महाप्रगती शिल लेखक सङ्घ का बालमुकुन्द कार्कि, पर्यटन ब्यवसायी महासंघका माहासचिब ।केशब धितल उपत्यका का स्वास्थकर्मी सङठन कोषाध्यक्ष तुफानी ठाकुर , युवा ब्यबसायी निरज कुमार झा एकीकृत कर्मचारी संगठन केन्द्रिय सदस्य संजय जयसबाल लगायतको आतिथ्य रहेको थियो ।

उक्त कार्यक्रममा पेन्टिङ प्रतियोगिता, घैँटो फुटाउने खेल, हाजिर जवाफ लगायतका खेल समेत खेलाइएको थियो ।

पेन्टिङ प्रतियोगिता प्रमुख अतिथि नेपालले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । हाजिर जवाफ तथा घैटो फुटाउने बिजेतालाई डा बशिधर मिश्रले सम्मान गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पेन्टिङ प्रतियोगितामा प्रगति कोइराला, अनुरभ गुप्ता द्रोश्रो, साह तृतीय भएका थिए।

त्यस्तै हाजिरी जवाफतर्फ प्रथम क्षेत्र नं ३ ९प्रतिभा श्रेस्ठ, अमित चौधरी द्वितीय क्षेत्र नं ४ राजिब पटेल ,रमेश पटेल , तेश्रो क्षेत्र नं १ चन्दन कुमार झा निकि यादब आदित्य कुमार झा बलिराम शाह तथा सान्तवा पुरस्कार , सन्जुर आलम शेख साहिब विशाल कुमार शाहले पाएका थिए ।

कार्यक्रम अध्यक्ष सचित कुइकेलको अध्यक्षता मा तथा कार्यक्रम संचालन सचिब नमो नारयण झा ले गर्नु भयो भने कार्यक्रम अजय पटेल संयोजकत्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति:April 16, 2023