राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  Sampatti News Online

April 17, 2023

काठमाडौँ । सोमबार (आज) राष्ट्रियसभा बैठक बस्दैछ।

बैठक संघीय संसद भवनमा आज दिउँसो एक बजे बस्ने संसद सचिवालयले जनाएको छ । 

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन २०७९ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित मिति:April 17, 2023