काठमाडौ । मुलुक कै सबैभन्दा जेष्ठ अस्पताल वीर र ट्रमा अस्पताललाई नेतृत्व प्रदान गर्ने चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा भिसी पद खाली भएको झन्डै एकमहिना बितिसक्दा पनि नियुक्त हुन नसक्दा रिजल्ट र परिक्षाकार्य अबरुद्ध बन्न पुगेको छ।
स्वास्थ क्षेत्र त्यो पनि दुई दुई वटा अस्पतालको नेतृत्वदायी भुमिका खेल्ने भिसी नहुनुले धेरै कार्य रोकिएको बताइएको छ। भिसि सहित, रेक्टर ,रजिस्ट्रार ,डिन चार पद फाल्गुन ३०गते एकैपटक सकिएको हो। तर चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा सबै महत्त्वपूर्ण पद सेवा सकिए संगै एकैपटक खाली हुदा समेत समयमा नियुक्ति नहुदा सेवा प्रभावित बन्न पुगेको छ।
भिसी पद खाली भएको झन्डै एकमहिना बितिसक्दा पनि नियुक्त हुने कुनै संकेत देखिएको छैन। भिसिको नियुक्ति संगै मातहतका निकायले नियुक्त गर्ने बाकी पदहरुले गर्नुपर्ने कामहरू समेत हुन नसक्दा रिजल्ट र परिक्षाकार्य नै अबरुद्ध बन्न पुगेको छ। प्राप्त जानकारी अनुसार हाल सम्म नियुक्त नभएकोले परिक्षा जाच भएको तर रिजल्ट हुन नसकेकोले सबैकार्य प्रभावित बनेको छ। भिसी देबनारायण साहको सेवा अबधि सकिएकोले सो पद रिक्त रहेको हो।