काठमाडौं स् सरकारविरुद्ध नाराबाजी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान बानेश्वरस्थित संसद भवन अगाडि सरकारविरूद्ध नाराबाजीमा उत्रिएका द्वन्द्वपीडितलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नाराबाजी गर्दै निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। घाइते,अशक्त भएकाहरूको उपचार गर,सहिदको उच्च सम्मान गर, देश द्रोही प्रचण्ड मुर्दाबाद,संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर लगायतका नारा लगाएर उनीहरू प्रदर्शनमा उत्रिएका छन्।
अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ।
आफूहरूको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन द्वन्द्वपीडित काठमाडौंको विभिन्न स्थानमा धर्ना दिँदै आएका छन्