केही सचिवको सरुवा हुन सक्ने सम्भावना, मन्त्रिपरिषद् बैठक बस्दै

  Sampatti News Online

April 18, 2023

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने भएको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णयसँगै केही मन्त्रालयका सचिवहरूको सरुवा हुन सक्ने उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

हाल एक वरिष्ठ सचिव अतिरिक्तमा छन् भने दुई प्रदेशमा प्रदेश प्रमुख सचिव पद रिक्त रहेको छ । यससँगै अघिल्लो सरकारले ल्याएका केही सचिव नयाँ सरकार बनेसँगै परिवर्तन गर्ने तयारी गरिँदै आइएको थियो ।

प्रकाशित मिति:April 18, 2023