गोरखामा टिप्परले सेनाको गाडीलाई ठक्कर दिँदा चार जना सैनिक घाईते

Nepal Cover
१७ असार २०७७, बुधबार
image

काठमाडौं । गोरखामा टिप्परले नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा चार जना सैनिक घाइते भएका छन्।

गोरखा नगरपालिका–११ पन्ध्रकिलो मोड नजिकै लु १ प ३८४६ नम्वरको टिप्परले बा १ झ ५८०० नम्बरको सेनाको गाडीलाई ठक्कर दिएको हो ।

ठक्करबाट चार सैनिक घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका प्रवक्ता डिएसपी बासुदेव खतिवडाले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिए।

गम्भीर घाइतेलाई चितवन पठाउने तयारी भैरहेको र बाँकीको स्थानीय अस्पतालमा उपचार भैरहेको खतिवडाले बताए।