बारा – बारा-२ मा मतगणना सुरु भएको छ। बिहान बसेको सर्वदलीय बैठकले मतगणना बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरे पनि करिब दुई घण्टा ढिलो गरी मतगणना सुरु भएको हो।
मतगणना सुरु गर्दा विवाद भएको थियो। सिके राउत नेतृत्वको जनमत पार्टीले मतपेटिका सिल तोडिएको भन्दै विरोध गरेपछि सुरु नहुँदै मत गणना केही समय रोकिएको थियो।
उक्त क्षेत्रमा जनता समाजवादीका पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाह र नेकपा एमालेवाट पुरुषोत्तम पौडेल उम्मेदाबार छन्।