रवि लामिछानेले लिए अग्रता, पछि परे एमालेका न्यौपानेले

  Sampatti News Online

April 24, 2023

चितवन- २ मा भएको उपचुनावको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार लामिछानेले २ हजार ३ सय ३२ मतका साथ अग्रता कायम राखेका छन् ।

लामिछानेलाई पछ्याइरहेका एमालेका रामप्रसाद न्यौपानेले १ हजार ४ सय २७ मत पाएका छन् । तेस्रोमा रहेका कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार ३१ मत पाएका छन् ।

प्रकाशित मिति:April 24, 2023