काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

  Sampatti News Online

April 24, 2023

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा आगलागी भएको छ ।

विमानस्थलबाट उडेको केहिवेरमै विमानको इञ्जिन फेल भएको थियो । विमानको इन्जित फेल भएपछि अवतरण गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानको इञ्जिन फेल हुँदा ठूलो आवाज आएको थियो भने विमानमा आगलागी समेत भएको देखिएको छ । विमान अहिले पनि काठमाडौंको आकाशमा फन्का लगाइरहेको छ भने अन्य विमानलाई डाइभर्ट गरिएको छ ।

प्रकाशित मिति:April 24, 2023