तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतले विजयी

  Sampatti News Online

April 25, 2023

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन् ।

डा. वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर विजयी भएका हुन् ।

वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाए भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भएका छन् । त्यस्तै राप्रपाकी शोभा गुरुङले २१८ र मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न बाँकी छ ।

प्रकाशित मिति:April 25, 2023