बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै

Nepal Cover
१२ बैशाख २०८०, मंगलवार
image

बारा । बारा क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । 

मंगलबार दिउँसो २ बजेसम्मको मत परिणाम अनुसार उनले १५ हजार १८३ मत प्राप्त गरिसकेका छन्। 

उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने १० हजार ३७० मत प्राप्त गरेका छन्। यादव कुशवाहाभन्दा ४ हजार ८१३ मतले अगाडि छन्। 

तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल छन्। उनले ५ हजार २७ मत प्राप्त गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले भने २ हजार ९५ मत प्राप्त गरेका छन्।