प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Nepal Cover
१३ बैशाख २०८०, बुधबार
image

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज(बुधबार)बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ। 

आजको बैठकमा ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संसोधन) विधेयक २०७०’ र ‘भ्रष्टाचार निवारण (पहिलो संसोधन) विधेयक, २०७७’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने कार्यसूची छ। 

त्यस्तै सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रा’ सम्बन्धी विधेयक २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै पूर्वसांसद तेजमान तुम्वाहाम्फेको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।