कपिलवस्तुका पूर्व अधिकृत दोभाषे कुर्मी विरुद्ध विशेष अदालतमा मुद्धा दायर

Nepal Cover
१९ असार २०७७, शुक्रबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठगी मुद्दामा जिल्ला अदालत कपिलवस्तुका दोभाषे विश्वनाथ कुर्मी( चौधरी) विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।


जिल्ला अदालतको शाखा अधिकृत पदबाट अवकाश प्राप्त भई सोही अदालतमा दोभाषेको रूपमा सूचिकृत कुर्मी (चौधरी)ले ठगी मुद्दाको कपिलवस्तु जिल्ला अदालतबाट हुने थुनछेक आदेशको क्रममा धरौटीमा छाड्ने प्रयोजनका लागि सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग दुई लाख घूस लिएको पुष्टि भएपछि आयोगले उनीहरुविरुद्ध शुक्रवार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

आयोगका अनुसार कुर्मी विरुद्ध बिगो दुई लाख जरिवाना र कैद सजाय हुन माग दाबी लिई आरोप पत्र दायर गरिएको छ । उनलाई सेवाग्राहीसँग घुस लिँदालिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।