इन्जिनियर भरतराज आचार्यविरुद्ध विशेष अदालतमा मुद्धा दायर

Nepal Cover
१९ असार २०७७, शुक्रबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागका इन्जिनियर भरतराज आचार्यविरुद्ध विशेष अदालत काठमाडौँमा शुक्रवार मुद्दा दायर गरेको छ ।


आचार्य जागिरमा प्रवेश गरेदेखि २०७६ जेठ मसान्तसम्मको जाँच अवधिमा पाँच करोड २९ लाख ४२ हजार चार सय ६६ रुपैयाँ आय आर्जन गरेको देखिएकोमा तीन करोड २१ लाख ६२ हजार चार सय ८० रुपैयाँ अवैध देखिएकोले उनी विरुद्ध मुद्दा दायर गरिएको हो ।


अर्यालले आफू र श्रीमतीका नाममा जग्गाहरू खरिद, घर निर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानीका साथै स्रोत नखुलेको रकमहरूसमेत अस्वाभाविक मात्रामा बुकिङ कारोबार तथा विभिन्न बैङ्क खाताहरूमा रकम जम्मा गरी शेयर लगानी लगायतका आफू अनुकूल लगानी खर्च गर्ने गरेको पाईएको छ ।


स्रोत नखुलेको सम्पत्ति इन्जिनियर अर्यालले श्रीमती रितादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएकोले उनको श्रीमतीलाईसमेत प्रतिवादी कायम गरी आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता कोइरालाले बताए ।

उनी सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत थिए ।