वर्षाले एसीसी प्रिमिअर कपको फाइनल खेल बिथोलिएमा के हुन्छ?

Nepal Cover
१८ बैशाख २०८०, सोमबार
image

काठमाडाै‌ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार बिहान काठमाण्डूमा हुरी बतास चल्ने र दिउँसो पानी पर्न सक्ने सम्भावना उच्च देखिएको छ।

सोमवार केही कारण खेल रद्द भए मङ्गलवार पुनः खेल सञ्चालन हुने गरी ‘रिजर्भ डे’ राखिएको छ। तर मङ्गलवार पनि काठमाण्डूमा वर्षा हुने अनुमान गरिएको छ। मङ्गलवार वर्षाको सम्भावना उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्तो अवस्थाका लागि एसियाली क्रिकेट परिषद्ले ‘प्लेइङ कन्डिसन’ बारे स्पष्ट नियमहरू उल्लेख गरेको छ।

यदि दोस्रो इनिङ्सको कम्तीमा २० ओभरको खेल भइसकेको अवस्थामा खेलको नतिजा डीएलएस प्रणालीमा गरिनेछ।

तर २० ओभर नपुग्दै वर्षाले अवरुद्ध भएको अवस्थामा भने खेल रद्द हुनेछ।

फाइनल खेल ‘टाई हुन पुगेमा’ वा ‘कुनै नतिजा ननिस्केको’ अवस्थामा खेलको निर्णय ‘सुपर ओभर’ बाट हुनेछ।