एडीबीको करोडौंको याेजना अलपत्र, पानिपर्दा हिलो पानी नपर्दा धुलोले कटहरिया बासी हैरान 

  Sampatti News Online

May 7, 2023

रौतहट २४ वैशाख। रौतहटको कटहरिया नगरपालिकामा जनप्रतिनिधिको लापरवाहिले एसियाली विकास बैंकको करोडौंको योजना अलपत्र परेको छ।  निर्वाचन जनप्रतिनिधिको असहयोगको कारण ५४ करोडको ढल नाला निर्माणको योजनाको समयमा पुरा नभई  अलपत्र  परेको हो। करोडौंको योजनामा कटहरिया नगरपालिकाले यस आर्थीक वर्षमा बजेट समेत विनियोजन गरेको छैन।निर्धारित समय भित्र ढल तथा नाला निर्माण नहुँदा कटहरिया बासीलाई ठूलो शास्ती भएकोे छह। सामानय पानि पर्दा हिलोको कारण पानी नपर्दा दिनभरि धुलो उडेर कटहरिया बजारबासी हैरान भैरहेका छन्।  करोडौँको निर्माण सामाग्री, उपकरण तथा जनशक्ती हुँदाहुँदै पनि जनप्रतिनिधि  मौन बसेको कारण नाला तथा ढल निर्माणकार्यले गति लिन नसकेको छैन। नाला निर्माण गर्न ठेकदारले मूख्य बाटोको ठाँउ ठाँउमा खनेको खाल्डो ब्यवस्थित नगरेको कारण कटहरिया बजार देखि बालुवा गाउँसम्म बाटोमा ठाउँ ठाँउमा माटो थुपारीएको छ।

पानी नपर्दा उक्त माटो र धूलो उडेर, सामानय पानी पर्दा हिलो भएर आवतजावतमा समेत समस्या भएको कटहरिया५ का समाजसेवि दीनानाथ साह कलवार ले बताएका छन। बुधवार दिउसो पानी पर्दा कटहरिया सिङ्गो बजार हिलामाय बनेको छ भने बालुवा गाउँको अगाडि मुख्य बाटोमा हिलो  जमेंको  छ। कटहरिया गरुडा सडकखण्ड अन्तर्गत मुख्य बाटो बालुवा गाँउमा जमेंको  हिलोमा दैनिक गाडी फसेर घण्टौं समस्या भइरहेको समाजसेवि कलवार ले बताएका छन। कटहरिया वडा ४ र ५ साबिक कटहरिया गाविसमा 

 ढल तथा नाला निर्माणको लागि खानेपानी तेस्रो सानासहरी आयोजनाले दुईबर्ष अघि निकालेको ५४ करोडको टेन्डर आश्रय निर्माण सेवाले घटाघटमा ३४ करोडमा साकार गरेको थियो । १८ महिनाको निर्माण रहेको उक्त योजनाको लागी निर्माण कम्पनीले १२ नवम्बर सन २०२० मा सम्झौता गरेको थियो। सम्झौता अनुसार योजनाको ८५ प्रतिशत नेपाल सरकारले १५ प्रतिशत स्थानिय तहले भुक्तानि दिनुपर्ने प्रोजेक्ट मनेजर अजय कुमार गुप्ताले बताएका छन। सम्झौता संगै द्रुतगतिमा निर्माण काम गर्दै ६० प्रतिशत पुरा भएकाे थियो। कटहरियाका पूर्व मेयर सियाराम कुशवाहाको पालामा ढल तथा नाला निर्माणमा सहयोग गर्न एउटा टोलिनै परिचालन गरिएको थियो। सो समय सम्झौता अनुसार कटहरिया नगरपालीकाले विला अनुसारको पटकपटक भुक्तानी गरेको थियो। सोही अनुरूप कामले गति लिदाँको अबस्थामा कोरोना महामारीको कारण लामोसमयम्म निर्माण काम बन्द भएको मनेजर गुप्ताले बताएका छन।

नाला तथा ढल निर्माण गर्न बाटो अथवा स्पोट खाली गराएर दिने काम स्थानिय तहको हो र बाधा अडचन हुंदा जनप्रतिनिधिले सहयोग गर्नु पर्दछ । तर गत स्थानिय निर्वाचनमा कटहरियामा मेयर पदमा अजयप्रकाश जैसवाल निर्वाचीत भएदेखि ढल तथा नाला निर्माणमा जनप्रतिनिधी बाट अपेक्षा अनुसार सहयाेग हुन नसकेको निर्माण कम्पनीले आरोप लगाएका छन। कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले चासो नलिएको कारण कटहरिया गाउँमा एकबर्ष देखि नाला अधुरो रहेको छ। कटहरिया बजार तथा वडा ५  मा स्थानिय र  जनप्रतिनिधि  आफै आफैमा जुधेको कारण नाला निर्माणको काम अगाडि बढ्न नसकेको प्रोजेक्ट मैनेजर अजय गुप्ताको दाबी छ ।

जनप्रतिनिधिको  समय अभावले केहि कमजोरी भएको स्विकार्दै वडा अध्यक्ष गुप्ताले नालाको आउटलेट निकास तर्फ निर्माण नगरेर ठेकदारले जबर्जस्ती गाउँमै गएर नाला निर्माण गर्नखोज्दा समस्या भएको स्पष्ट पारेका छन ।

त्यतिमात्र नभई आयोजक तेस्रो सानासहरी खानेपानी तथा ढल निकास कार्यालय, कटहरिया नगरपालीका संग भएकाे सम्झौता अनुसार भुक्तानि हुन नसकेको निर्माण कम्पनीले जनाएको छ।

आश्रय निर्माण सेवाका निर्देशक सन्तोष गुप्ताका अनुसार निर्माण पुरा हुँदै क्रमशः बन्ने बिलको नेपाल सरकारले ८५ प्रतिसत र कटहरिया नगरपालीकाले १५ प्रतिशत रकम भुक्तानी दिनुपर्ने हुन्छ। समझौता अनूसार बनेको बिलको नेपाल सरकारले भुक्तानि गर्दै आएको छ। कटहरिया नगर प्रमूख कुशवाहाको पालामा बनेको बिलको भुक्तानी पनि भएको छ। तर तर मेयर अजयप्रकाशको कार्यकालमा कुनै पनि बिलको भुक्तानी हुन सकेको छैन। मेयर जैसवालले पदभार ग्रहण गरेपछि हालसम्म कूल ८ वटा बिल बनेको छ। सम्पूर्ण बिलहरु नगरपालिकामा पठाएर पटकपटक भुक्तानीको लागि तागेदा गर्दा पनि हालसम्म पाउन नसकेको निर्देशक सन्तोष गुप्ताले गुनासो गरेका छन। ८० प्रतिशत निर्माण पुरा भएको तथा नगरपालीकाले बिल अनुसारको भुक्तानि र आबश्यक सहयोग गरेमा यसै आर्थिक वर्षभित्र निर्माण काम पूरा गर्ने गुप्ताले प्रतिबद्धता जनाएका छन।

कटहरिया नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत रामप्रकाश साहले यस आर्थीक वर्षमा ढल तथा नाला निर्माणका लागि शीर्षकमा रकम विनियोजन नभएकाे बताएका छन।

मेयर जैसवालले ठेकेदारको बदमासिले सडक लथालिङ्ग भएको बताएका छन।

एसियायी विकास बैंक र कटहरिया नगरपालिकाको ३४ करोड बढिको लगानीमा वडा ४ र ५ मा  एकैपटक झन्डै १६ किलोमीटर ढल तथा नाला निर्माणको योजनाको काम भैरहेको सम्भवत मधेस प्रदेश  मै पहिलो हो । सम्झौता अनुसार निर्माण अवधी भित्र काम पूरा हुन नसकेर दुईपटक म्याद थपेर यसै आर्थिक वर्षभित्र अन्तिम समय दिएको छ।

पुर्व मन्त्री प्रभु साहको पहलमा उक्त योजना स्वीकृत भएको तथा पूर्व मेयर सियाराम कुशवाहाको पालामा कतहरिया नगरपालिकाले १५ प्रतिशत लगानी गरेपछि निर्माण सुरू भएको थियो। 

प्रकाशित मिति:May 7, 2023