नेप्सेमा गिरावट कायमै, कारोबार रकम भने बढ्यो

Nepal Cover
२५ बैशाख २०८०, सोमबार
image

काठमाडौं । साताको दोस्रो दिन सोमबारको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज नेप्से दोहोरो अंकले घटेको छ। अघिल्लो कारोबार दिन १९ अंकभन्दा बढी घटेर बन्द भएको नेप्से, यस दिन करिब १६.९३ अंक घटेर एक हजार ८ सय ३३ दशमलब ६९ विन्दुमा बन्द भएको हो

साताको पहिलो दिन आइतबार पनि नेप्सेमा  दोहोरो अंकको गिरावट आएकोमा आज त्यसले निरन्तरता पाएको हो ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य बृदि हुनसकेको छैन । आज ८२ करोड ४२ लख १७ हजार रुपयाँ बराबरको कारोबार भएको छ ।  हिजो ६० करोड ८१ लाख ३५ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो । 

आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८१ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.०५ प्रतिशतले बढेर प्रतिकित्ता७९२ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार इष्टन हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.९९  प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज तीन करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।