सुनको मूल्य बढ्यो

  Sampatti News Online

May 9, 2023

काठमाडौँ । बैंशाख २६ गते मंगलबार सुनको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १० हजार ३५० रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य आईतबारदेखि स्थिर भएको छ । चाँदीको मूल्य आइतबार कै मूल्य एक हजार ४४५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

प्रकाशित मिति:May 9, 2023