नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी (सूचनासहित)

  Sampatti News Online

May 12, 2023

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ठुलो संख्यामा कर्मचारीको आवेदन खुल्ला गरेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्म रिक्त हुन लागेको विभिन्न पदका लागि खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा पद पूर्ति गर्न लागेको जनाएको छ ।

लोकसेवा आयोगवाट सहमति प्राप्त भए प्रबन्धक देखि सहायकसम्म गरी १ सय भन्दा बढी पदमा आवदेन माग गरिएको जारी सूचनामा उल्लेख छ ।

इच्छुक नेपाली नागरिकहरुले २१ दिन भित्रमा उल्लेखित पदहरुमा आवेदन दिन सकिने प्राधिकरणले व्यवस्था गरेको छ ।

प्राधिकरणले आन्तरिक बढुवातर्फ पनि प्रतिस्पर्धाका लागि दरखास्त मागेको छ ।

हेर्नुस् सूचना:

प्रकाशित मिति:May 12, 2023