बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

Nepal Cover
२९ बैशाख २०८०, शुक्रबार
image

खोटाङ । बालयौन दुर्व्यवहार आरोपमा कृषि विज्ञको रूपमा चिनिएका मदन राई पक्राउ परेका छन् । यौन दुर्व्यवहार कसुरमा खोटाङको शुभम फाउन्डेसनका सन्चालक राई पक्राउ परेका हुन् । उनलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।

फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रनाउ मन्जिल मुकारुङले बतए ।

एकजना पीडित पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ । वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोत मझुवागधी नगर्पालिका -२ सोल्मामा रहेको फाउन्डेसनमा डेढ सय विद्यार्थी बसिरहेका छन् ।