थप २१ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Cover
१ जेष्ठ २०८०, सोमबार
image

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९१ जनाको नमुनामध्‍ये २५२ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

सोही अवधिमा नेपालमा २२ जना संक्रमण मुक्त भएका छन् । 

आज थपिएका सँगै नेपालमा २४ घण्टामा ११२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।