भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

  Sampatti News Online

May 18, 2023

काठमाडौँ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिहीबार अपरान्ह ५ बजे उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको हो । केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा उनीमाथि प्रहरीले निगरानी बढाएको थियो । गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

नेता रिजालले बीचमा गिरोहले रकम उठाइरहेको सुँइको पाएपछि नेताहरुलाई भेटेर यसबारे ध्यानकर्षण गराएका थिए । तर उनी आफैं नै गिरोहसँगको आर्थिक लेनदेन संलग्न रहेको तथ्य भेटेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति:May 18, 2023