धनगढीकी डा शाहको मृत्यु प्रकरणमा दुई जना पक्राउ

  Sampatti News Online

May 21, 2023

धनगढी । धनगढीकी डा. प्रसन्ना शाह मृत्यु प्रकरणको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।

शुक्रबार मृतक शाहका परिवारले दुई जनाविरूद्ध किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दा दर्ता गरेर दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ ।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डा. सन्दीप भट्टराई र धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति:May 21, 2023