गुजरामा सम्पन्न दुईदिने निशुल्क स्वास्थ शिविरमा १८ सय बढीले उपचार पाए

Nepal Cover
७ जेष्ठ २०८०, आईतवार
image

रौतहट ७जेठ। रौतहटको गुजरा नगरपालीकामा भएको दुईदिने निशुल्क स्वास्थ शिविरमा १८ सय भन्दा बढी बिरामीले उपचार सेवा पाएका छन्। लायन्स क्लव रौतहट र गुजरा नगरपालीकाको संयुक्त आयोजनामा सनिवार सम्पन्न दुईदिने निशुल्क स्वास्थ शिविरमा १८ सय भन्दा बढी बिरामीले उपचार पाएका छन्।

गुजरा नगरपालीकामा शुक्रवार देखि सञ्चालनमा आएको निशुल्क स्वास्थ शिविरमा सनिवार सम्म १८सय ६६ जना बिरामीले उपचार पाएका हुन्। निशुल्क स्वास्थ शिविरमा   पहिलो दिन शुक्रवार ७४१ जना र सनिवार ११सय२५ गरी १८ सय ६६ जनाले उपचार पाइएको वडा २ का अध्यक्ष अशोक खान थारुले बताएका छन। शुक्रवार एक विशेष समारोहका बीच गुजाराको मेयर सन्तालाल चौधरीले शिविरको उदघाटन गरेका थिए।

दुईदिने शिविरमा रौतहट तथा बाहिर जिल्लाका गरी १८ जना डाक्टरले उपचार सेवा प्रदान गरेका थिए। निशुल्क शिविरमा चन्द्रपुर हस्पिटल, शिविल ह्युमन हस्पिटल चन्द्रपुर, चन्द्रपुर सरकारी अस्पतालका साथै जनप्रतिनिधि, बिभिन्न दलका प्रतिनिधि, स्वयंसेवक समेतले सहयोग गरेको समाजसेवि सुरेन्द्र तिमलसिना ले बताएका छन।सनिवार शिविरको समापन कार्यक्रममा मेयर चौधरीले स्वास्थ शिविर सफल वनाउन अहोरात्र खटेका डाक्टर, जनप्रतिनिधी, तथा स्वयंसेवकहरू लाई कदरपत्र बाट सम्मानीत गरका थिए।