मन्त्री यादव द्वारा बिद्यालय भवनको शिलान्यास

Nepal Cover
११ जेष्ठ २०८०, बिहीबार
image

रौतहट ११ जेठ। मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले बिद्यालय भवनको शिलान्यास गरेका छन।

मन्त्री यादवले बुधवार एक समारोहका बिच गृह जिल्ला रौतहटको माधव नारायण नगरपालिका अन्तर्गत आधारभुत बिधालय बिशुनपुर्वा मानपुरको दुईकोठे भवनको शिलान्यास गरेका हुन।

   राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कूल १८ लाख रुपैयाँको लागतमा २काेठे भवन निर्माण हुनलागेको विद्यालयले जनाएको छ। शिलान्यास समारोहमा माधव नारायणका मेयर वैजनाथ यादव ,उपमेयर निर्मला रमन र वडा अध्यक्ष रामदेनी मुखिया लगायतको सहभागिता रहेको थियो ।