सिन्धुली अस्पतालमा तोडफोड गर्नेलाई कारवाही गर्न चिकित्सक संघको माग

Nepal Cover
१२ जेष्ठ २०८०, शुक्रबार
image

माधव अधिकारी
काठमाडौँ, १२ जेठ

सिन्धुली अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पु¥याई बिरामीको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिक तनाव सिर्जना गरिसिन्धुली अस्पतालमा तोडफोड गर्नेलाई कारवाही गर्न चिकित्सक संघको माग

एकोप्रति नेपाल चिकित्सक संघले भत्र्सना र निन्दा गरेको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस प्रकारको अमानवीय घटना घटाई समग्र स्वास्थ्यकर्मी तथा चिकित्सको मनोबललाई नै निरुत्साहित गर्ने स्वास्थ्य संस्थाको तोडफोडमा उत्रने दोषी उपर आवश्यक छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही गर्न यस संघ नेपाल सरकार तथा स्थानीय सुरक्षा निकाय समक्ष संघले माग गरेको छ ।


अस्पतालमा उपचारका लागि मंगलबार आएको विरामीको अवस्थालाई मध्यनजर गर्दै चिकित्सकहरुले सघन कक्षमा राख्नु पर्ने बिरामी भएको हुनाले विरामीका आफन्तहरुसँगको समन्वयमा अन्यत्र पठाइएको संघले जनाएको छ । उपचारलाई निरन्तरता दिर्दै विरामी पक्षको चाहना बमोजिम प्रेषण गरिएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।