जनज्योति बहुमुखी क्याम्पसको अध्यक्षमा पत्रकार कार्की निर्विरोध

Nepal Cover
१४ जेष्ठ २०८०, आईतवार
image

रौतहट १४ जेठ। रौतहटको चन्द्रनगाहपुर स्थित जनज्योति बहुमुखी क्याम्पसको अध्यक्षमा पत्रकार सञ्जय कार्की निर्विरोध चयन भएका छन्।

  चन्द्रपुर ६ स्थित जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा व्यवस्थापन समितिको लागी निर्वाचन प्रक्रियामा अगाडी बढिसकेको समय सहमति भएको हो।  सहमति अनुसार व्यावस्थापन समितिको अध्यक्षमा संजय कुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष कार्की सहित सदस्यहरुमा बालकृष्ण श्रेष्ठ ,नारायण बहादुर न्यौपाने ,श्यामलाल ठोकर ,तारादेवी सापकोटा ,चिरन्जिवी गौतम ,राजेन्द्र तिवारी,श्रृजना सुनुवार र फुलचन राई निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक मिश्रीलाल साहले जानकारी दिएकाछन् । कार्की चन्द्रनिगहपुर घरभई लामाे समय देखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका छन्।