गुजरातले चेन्नईलाई दियो २ सय १५ रनको लक्ष्य: IPL

Nepal Cover
१५ जेष्ठ २०८०, सोमबार
image

काठमाडौं । गुजरातले चेन्नईलाई दियो २ सय १५ रनको लक्ष्य दिएको छ । ईन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल निकै रोमान्चक हुने देखिएको छ ।

जारी फाइनलमा गुजरात टाईटन्सले चेन्नई सुपर किंग्सलाई २ सय १५ रनको लक्ष्य दिएको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनाएको हो ।

यो सँगै चेन्नईलाई जितका लागि २ सय १५ रन बनाउनु पर्ने भएको छ ।