डोम बालबालिका लाई शैक्षीक सामग्री

Nepal Cover
१६ जेष्ठ २०८०, मंगलवार
image

रौतहट १६ जेठ। मधेशमा अति पिछाडिएका महादालित डोम समुदायका बालबालिका लाई शैक्षीक सामग्री बितरण गरिएको छ। रौतहटको पूर्व दक्षिणी भेग दुर्गा भगवती गाउँपालिका २ भालोहिया स्थित डोम समुदाय बिकास केन्द्र नामक संस्था द्वारा बालबालिका लाई शैक्षीक सामग्री बितरण गरेको हो। 

डोम समुदाय बिकाश केन्द्र द्वारा सोमवार दुर्गा भगवती गाउपालिका  2 भलोहिया डोम बस्तीमा शिक्षा , स्वास्थ , सरसफाइ , तथा आयआर्जन  सम्बन्धि जनचेतना मुलक अभियान कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम समापन सङ्गै बिधालय पठाउन उतसाहित गर्ने उदेश्यले  ७ जना डोम बालबालिकाहरुलाइ  शैक्षिक सामग्री बितरन गरिएको संस्थाका अध्यक्ष विजय मल्ली डोमले बताएका छन।

अति बिपन्न डोम समुदायलाई माथी उकास्न सहयोग र साथदिनको लागी  अध्यक्ष मल्लीले  स्थानिय प्रदेश तथा केन्द्र सरकारलाइ आग्रह गरेका छन । डोम समुदायका शिक्षीत भनिएका विजय र बीरेन्द्र मल्ली लामाे समयदेखी जातिय उत्थानमा लागेका छन्।