स्वास्थ्यका ६ अधिकारीको जिम्मेवारी हेरफेर

Nepal Cover
१८ जेष्ठ २०८०, बिहीबार
image

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्थित विभिन्न विभाग र अस्पतालका ६ अधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त जिम्मेवारी हेरफेर गरेका हुन।
औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी नारायण ढकालले पाएका छन् भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. रूद्र मरासिनी र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निर्देशकमा डा. अनुज भट्टचनले जिम्मा पाएका छन्।
परोपकार प्रसूति गृह स्त्रीरोग अस्पतालको निर्देशक डा. श्रीप्रसाद अधिकारी नियुक्त भएका छन् । त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी डा. बद्री रिजाललाई दिइएको छ भने राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकमा भरत भट्टराईलाई जिम्मा दिइएको छ।