सातौँ पटक युरोपा लिगको उपाधि सेभिल्लाले जित्यो,रोमा पराजित

Nepal Cover
१८ जेष्ठ २०८०, बिहीबार
image

एजेन्सी । स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि सातौँ पटक जितेको छ। बुडापेस्टको पुस्कास ऐरेनामा बुधबार राति भएको खेलमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै उपाधि जितेको हो।

गोनजालो मोनटीएलले सेभिल्लाको जितमा निर्णायक पेनाल्टी प्रहार गरेका थिए। उनले यसअघि अर्जैन्टिनाले विश्वकप जित्दापनि निर्णायक पेनाल्टी प्रहार गरेका थिए। रोमाका लागि भने रोगर इबानेज र जियानलुका मानसिनीले पेनाल्टी मिस गरेपछि सेभिल्लाको अनतिम पेनाल्टीको मौका गोनजालोले गरेका थिए।
सेभिल्लाविरुद्ध रोमाले ३४ औँ मिनेटमा अग्रता लिएको थियो। मोन्टेलाका अन्तर्राष्ट्रिय सहकर्मी पाउलो डिबालाले जियानलुका मानसिनीको पासलाई सदुपयोग गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ५५ औँ मिनेटमा मानसिनीको आत्माघाति गोलमा सेभिल्लाले खेल बराबरीमा ल्याएको थियो।

त्यसपछि निर्धारित र अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट लिएको थियो।