नेपाल बैंक र फोकसवान पेमेण्टबीच भुक्तानी सेवा सम्झौता

  Sampatti News

June 1, 2023

काठमाडौँ । नेपाल बैंक लिमिटेड र फोकस वान पेमेण्ट सल्युशन्स प्रालिबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक सञ्जीव जोशी र प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार नेपाल बैंकका ग्राहकले भिसा डेबिट तथा क्रेडिट कार्ड मोको डिजिटल वालेटमा एड गरी मोबाइल टप अप, इन्टरनेट, बिजुली, खानेपानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवा प्रयोग गर्न सक्नेछन् । भिसा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने यो नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक भएको कम्पनीले जनाएको छ ।
बैंकले २२८ शाखा, २०३ एटीएम, ५४ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको प्रमुख सूचना अधिकारी प्रकाश कुमार अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति:June 1, 2023