नबिल बैंकको इतिहासमा पहिलोपटक एकैसाथ ३८ नयाँ शाखा सञ्चालनमा

Nepal Cover
१८ जेष्ठ २०८०, बिहीबार
image

काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नो इतिहासमै पहिलोपटक एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पार गरेको अवसरमा बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।
३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरिएको हो।
नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका सञ्चालक निर्वाण चौधरीले आठवटा शाखाहरु उद्घाटन गरेका थिए । त्यस्तै बैंकका सञ्चालक आशा राणा अधिकारीले थप आठवटा तथा बैंक सञ्चालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७÷७ वटा शाखाको उद्घाटन गरेका हुन्।
डिजिटल उद्घाटन कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य, उच्चपदस्थ अधिकारी र कर्मचारीको उपस्थिति रहेको थियो। बैंकका अनुसार “नबिल बैंक अब तपाईसँग अझै नजिक” भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ शाखा विस्तार गरिएको हो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको बैंकले जनाएको छ ।