यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Nepal Cover
१९ जेष्ठ २०८०, शुक्रबार
image

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ५६ पैसा र बिक्री दर १३२ रुपैयाँ १६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ८० पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।