काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टिमको प्रशिक्षण स्थगित गरेको छ। एन्फाले एक विज्ञप्ती जारी गर्दै विभिन्न ए डिभिजन क्लबहरुले जारी गरेको प्रेस विज्ञप्तीमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
एन्फाले क्लबको निर्णयका बाबजुत शुक्रबार विहानका लागि तय भएको ट्रेनिङ भने समयमानै हुने र त्यसपछि भने स्थगित गरिएको जनाएको छ। क्लबहरुले बिहीबार एन्फालाई सहिद स्मारक ए डिभिजन लिग अघि खेलाडी रिलिज गर्न नसकिने जनाएका थिए।
‘यहि जुन २१ बाट शुरु हुने साफ च्याम्पियनसिप र सोको तयारी स्वरुप जुन १५ मा फिलिपिन्ससँग नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्न लागेको मैत्रीपुर्ण खेलको लागि मिति २०८० जेठ १८ बाट राष्ट्रिय टोलीले शुरु गरेको प्रशिक्षण मिति २०८० जेठ १९ गते बिहान दशरथ रंगशालामा पुर्वनिर्धारित समयमा हुने र ए डिभिजन क्लबहरुले जारी गरेको विज्ञप्तीलाई मध्यनजर गर्दै राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित गरिएको सबैमा जानकारी गराउँदछौं।’विज्ञप्तीमा भनिएको छ ।