अब मास्कको प्रयोग स्वेच्छिक : मन्त्रालय

  Sampatti News

June 3, 2023

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण घटेपछि मास्कको प्रयोग स्वेछिक रुपमा गर्न सकिने बताएको छ । यसअघि मास्कको प्रयोग अनिवार्य थियो ।मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर कुमार अधिकारीले एक सूचना जारी गरी कोभिड १९ मापदण्ड परिवर्तन गरिएको जानकारी दिएका छन् । अब स्वदेश र विदेशमा हवाई यात्रा गर्दा कोभिडविरुद्धको खोप लगाएको प्रमाण समेत नचाहिने मन्त्रालयले जनाएको छ ।
विस्तृत जानकारीका लागि मन्त्रालयको सूचना संलग्न छ ।

प्रकाशित मिति:June 3, 2023