मलेसियाविरुद्धको दोस्रो टी–२० मा नेपाल विजयी

  Sampatti News

June 3, 2023

काठमाडौँ । मलेसियाविरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । पहिलो खेलमा पराजित नेपालले मलेसियासँगको ५ खेलको टी–२० सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई ७ विकेटले पराजित गर्दै सिरिजलाई १–१ को अवस्थामा ल्याएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको ९७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।नेपालको जितमा कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्कासहित अविजित २९ रनको इनिङ खेलिन्। त्यस्तै, कविता कुवरले २६ रन बनाउँदा सिता राना मगरले २३ रन बनाएकी थिइन्।

नेपाललाई ओपनर कविता कुँवर र सीता रानामगरले राम्रो सुरुआत दिलाए। उनीहरूले पहिलो विकेटका लागि ४२ बलमा ३३ रनको साझेदारी गरेका थिए। त्यस्तै, नेपालका लागि विन्दु रावल १८ बलमा २ चौकासहित १७ रन बनाएकी थिइन्। मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान १–१ विकेट लिए।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको थियो।

प्रकाशित मिति:June 3, 2023