पाकिस्तानमा अध्ययन गरेका नेपाली विद्यार्थीको भेटघाट

Nepal Cover
२० जेष्ठ २०८०, शनिबार
image

काठमाडौँ ।पकिस्तानका विभिन्न शिक्षण संस्थाबाट अध्ययन पूरा गरेका नेपाली नागरिकको सम्मानमा पाकिस्तानी दूतावासले पूर्व विद्यार्थी भेटघाट कार्यक्रम आयोजना गरेको छ । पाकिस्तान प्रविधिक सहयोग कार्यक्रम (पीटीएपी) अन्तर्गत एमबीबीएस, बीडीएस, डी. फार्मेसी, बीएस इन्जिनियरिङ्ग आदि अध्ययन पूरा गरेका विद्यार्थी कार्यक्रममा सहभागी थिए ।
समारोहमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले प्रमुख आतिथिको आसनबाट बोल्दै नेपाल–पाकिस्तान मैत्री सम्बन्धको स्मरण गर्नुभयो । उपकुलपति थापाले नेपालको विकास तथा विशेषगरी प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तान सरकारको सहयोगको सराहना समेत गर्नुभयो ।
नेपाली विद्यार्थीलाई पाकिस्तानका ख्यातिप्राप्त शिक्षण संस्थामा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा थापाले आभार व्यक्त गर्नुभयो ।सो अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाशमीले छात्रवृत्ति कार्यक्रमबाट नेपाल–पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यत्तल गर्नुभयो ।