July 9, 2020
एजेन्सी । बलिउड अभिनेता तथा हास्य कलाकार जगदीपको निधन भएको छ। मुम्बईस्थित आफ्नै घरमा बुधबार राति उनको निधन भएको हो। उनको ८१ वर्षको उमेरमा निधन भएको हो ।
वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी रहेका उनले बलिउडमा ४ सयभन्दा बढी फिल्ममा काम गरेका थिए। सन् १९७५ को फिल्म ‘शोले’ मा सूरमा भोपालीको चरित्रमा अभिनय गरेपछि उनी चर्चित भएका थिए।
उनले बीआर चोपडाको फिल्म ‘अफ्साना’ मा बाल कलाकारको रुपमा आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि थुप्रै फिल्ममा बाल कलाकारको भूमिका गरेपछि भावी, बर्खा र विन्ध्या फिल्ममा शीर्ष भूमिकामा देखिएका थिए। फिल्म ‘ब्रम्हचारी’ ले उनलाई हाँस्य कलाकारको परिचय दिलाएको थियो।
प्रकाशित मिति:July 9, 2020
April 7, 2025
April 9, 2025
April 7, 2025
April 9, 2025