June 6, 2023
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजसेवामा मन लाग्नेछ । पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नसक्छ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज साथीभाइबाट सहयोग लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।
बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तान पक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक र घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ ।
बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज दबाब र तनाव बढेको महसुस हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा ढिलासुस्ती हुनेछ, तर आफन्तले सहयोग गर्नेछन् ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्याको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । आर्थिक लाभ पनि हुनेछ ।
प्रकाशित मिति:June 6, 2023
November 22, 2024