नेपाली सेनाद्वारा विधार्थीलाई  शैक्षिक समाग्री सहयोग

  Sampatti News Online

June 6, 2023

रौतहट २३ जेठ । रौतहट गौर नगरपालिका पुरेनवा स्थित नेपाली सेनाको वीरदल गणले एक सामुदायिक विधालयका विपन्न विधार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
मध्यपुर्बी पृतना हेडक्वाटरको निर्देशन र नम्बर २८ वाहिनी जङ्गी अडडाको पहलमा विरदल गणले उक्त शैक्षिक सामग्री सहयोग गरेको हो। चन्द्रपुर नगरपालिका ७ नयाबस्ति स्थित जनता आधारभुत विधालयको कक्षा ४ र ५ मा अध्ययनरत छात्र छात्रालाई शैक्षीक सामाग्री प्रदान गरिएको विरदल गणका गणपति गंगा वहादुर विष्टले बताए छन।
शिक्षाको स्तर उत्थान गर्ने उद्देश्यले वन युनिट वन स्कुल स्पोर्टू योजनाको अवधारणा बमोजिम सैनिक नागरिक सम्बन्धलाई उच्च प्राथमिकतामा राखेर भौतिक रुपले जिर्ण स्रोतसाधनको कमी रहेका सरकारी विधालयलाई सहयोग उपल्बध गराईएको गणपति विष्टले जानकारी दिएका छन।

प्रकाशित मिति:June 6, 2023