२०८ संस्थागत विद्यालयले महानगरको निर्देशनपछि बुझाए छात्रवृत्तिको विवरण

  Sampatti News Online

June 7, 2023

काठमाडौं । २०८ वटा संस्थागत विद्यालयले काठमाडौं महानगरपालिकाको निर्देशनपछि छात्रवृत्तिको विवरण बुझाएका छन् ।

बुधबारसम्म ३२ वडाका २०८ विद्यालयले विवरण पठाएको महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए ।

महानगरले गत जेठ १० गते सूचना जारी गर्दै ३४२ संस्थागत विद्यालयलाई जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको विवरण महानगरमा पठाउन निर्देशन दिएको छ । त्यसका लागि महानगरले जेठ २३ सम्मको म्याद दिएको थियो ।

प्रकाशित मिति:June 7, 2023