भारतको ओडिशा रेल दुर्घटना : तीन नेपालीको मृत्यु

  Sampatti News Online

June 7, 2023

एजेन्सी । भारतको ओडिशामा गत शुक्रबार भएको रेल दुर्घटनामा तीन जना नेपाली नागरिकको मृत्यु भएको खुलेको छ । स्थानीय ओडिशा टिभीले जनाए अनुसार दुर्घटनामा एक जना नेपाली घाइते अवस्थामा उपचाररत छन् ।

कटकको एससीबी मेडिकल कलेजमा १५ वर्षीय बालकको उपचार चलिरहेको छ । उनको नाम रामानन्द पासवान बताइएको छ । उनको खोजीमा पर्सा जिल्लाबाट आएका उनका बुवा हरि पासवानसँग रामानन्दको भेट भइसकेको टीभीले आफ्नो रिपोर्टमा जनाएको छ ।

प्रकाशित मिति:June 7, 2023