June 8, 2023
काठमाडौं । दक्षिण अफ्रिकामा जारी अभ्यास खेलमा एकदिवसीय विश्वकप छनोटका लागि नेपाली टिमले स्कटल्यान्डसमक्ष १३६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
आज दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेपछि ब्याटिङमा आएको नेपाल २८.५ ओभरमा १३५ रन बनाएर अलआउट भएको हो ।
नेपाली टिमको खातामा कुशल मल्लले ३७ रन बनाए । आसिफ शेखले २८, कुशल भुर्तेलले १६ रन र दीपेन्द्र सिंह ऐरीले १३ रन बनाए । यस्तै, भीम सार्की आठ, ज्ञानेन्द्र मल्लले सात रन जोड्दा आरिफ शेख र गुल्सन झाले समान पाँच रन थपे ।
सोमपाल कामीले तीन रन जोड्दा करण केसी चार रनमा अविजित रहे । नेपालका कप्तान रोहितकुमार पौडेल ‘गोल्डेन डक’ भएका थिए ।
नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई तयारी खेल खेल्ने छ । दक्षिण अफ्रिकामा १० दिनको तयारीपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाब्वे प्रस्थान गर्ने छ ।
विश्वकप छनोटको समूह ‘ए’मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।
यस्तै, जुन २० मा नेपालले अमेरिकासँग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।
नेपालले छनोटअघि जिम्बाब्वेमै दुई ‘वार्म अप म्याच’ पनि खेल्ने छ । नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्ने छ ।
प्रकाशित मिति:June 8, 2023
November 5, 2024
November 3, 2024
November 2, 2024
October 26, 2024