रकम ठगी गर्ने व्यक्ति बानेश्वरबाट पक्राउ

Nepal Cover
२५ जेष्ठ २०८०, बिहीबार
image

काठमाडौं । कारागारमा रहेका थुनुवालाई छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्च तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाइदिन्छु भनि पटक पटक गरी चार लाख रूपैयाँ लिई ठगी गरी फरार रहेका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।