गरिबका लागि १० प्रतिशत शय्या नि:शुल्क छुट्ट्याउन स्वास्थ्यमन्त्रीको निर्देशन

  Sampatti News Online

June 8, 2023

मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब परिवारका लागि १० प्रतिशत शय्या निस्शुल्क रुपमा प्रयोग गर्ने वातावरण मिलाउन मन्त्री निर्देशन दिएका छन् । हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै मन्त्री बस्नेतले सो निर्देशन दिएका हुन् ।अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, भर्ना भएका बिरामी​हरूको अवस्था, अस्पतालको फार्मेसीलगायतका स्थानको संघीय र प्रदेश स्वास्थ्यमन्त्री मन्त्री उत्तम जोशीले संयुक्त अनुगमन गरेका थिए ।

प्रकाशित मिति:June 8, 2023