वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना

  Sampatti News Online

June 9, 2023

काठमाडौँ। मुलुकको जेठो वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरिएको छ । ब्रेन ट्युमर केन्द्रमा एक सातासम्म निःशुल्क सर्र्जरी गरिने जानकारी दिइएको छ । बिहीबार ब्रेन ट्युमर दिवसको अवसर पारेर अस्पतालका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्रकुमार बस्नेतले केन्द्रको उद्घान गरेका थिए ।

वीर अस्पताल न्युरो सर्जरी विभागका प्रमुख प्रा. डा. राजीव झाले ब्रेन ट्युमरका बिरामीलाई उत्कृष्ट सेवा दिने, यसबारे अनुसन्धान र न्युरो सर्जनको जनशक्ति बढाउने उद्देश्यले ब्रेन ट्युमर केन्द्र सञ्चालनमा ल्याएको बताए ।

प्रकाशित मिति:June 9, 2023