काठमाडौँ महानगरले सबै विद्यालयमा नर्सिङ सेवा दिँदै

Nepal Cover
२६ जेष्ठ २०८०, शुक्रबार
image

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएका छन् । 

कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत आगामी  वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो।

कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी संख्या रहेका विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ सञ्चालन गर्ने र विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालयमा वडामार्फत उक्त सेवा प्रदान गर्ने कामपाको तयारी छ।